राष्ट्रिय सभाका सांसद दसौंदीले लिए शपथ
मकालु खबर
२०७९ माघ २७ गते
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य कुमार दसौंदीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय भवनमा आज आयोजित कार्यक्रममा सांसद दसौंदीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
दसौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित भएका हुन् ।
मकालु खबर
२०७९ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित