अहिलेकाे अवश्थामा वैकल्पिक राजनीति आवश्यक छ : डा. भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति आवश्यक रहेको बताएका छन् । उनले इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै नयाँ नेपाल बनाउनुपर्ने बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन–२०७९ मा सम्बोधन गर्दै डा. भट्टराईले सीमित जाति र परिवारले मात्र शासन जबसम्म गर्छन् भने त्यतिबेलासम्म देश विकास पनि नहुने तर्क गरे ।
‘जनताले न्याय पनि पाउँदैनन् । सबैका निम्ति लोकतन्त्र चाहिन्छ, अवश्यक छ ।’ उनले भने, ‘जब १८७७ मा लखन थापाहरूले विद्रोह गरेर जब उनी शहीद बने । सन् १८७७ देखि २०१५ सम्म नेपाली जनताले आफ्नो संविधान आफैँ बनाए त्यसलाई म एउटा विन्दु मान्दछु । नेपाली जनताले लोकतन्त्रका निम्ति लडेको लडाइँ हो त्यो । नेपाली जनताले लोकतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतालाई स्थापित गर्ने काम नेपालमा जब गरेको थियो, दोस्रो चरण त्यसलाई मानिन्छ ।’
डा भट्टराईले जनतालाई अधिकार सम्पन्न बनाएपछि जनताको सहभागिता राज्यमा र राज्यका साधनस्रोतमाथि भएपछि मात्रै विकास हुन्छ भन्ने मान्यताअनुसार हामी अहिले तेस्रो चरणमा रहेको बताए । उनले त्यसकारण नयाँ पार्टी तथा युवा पुस्तालाई इतिहास नकार्ने र धिकार्ने होइन, पुराना पुस्ताबाट सिक्नुपर्ने बताए ।
उनले संस्थागत र मजबुद बनाउने सही अर्थमा पछिल्लो लोकतन्त्रको अभ्यास गर्नुपर्ने बताए । डा भट्टराईले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सही ढङ्गले प्रयोग गर्नुपर्ने प्र्णाली लागू गर्न सबै लागिपर्न आवश्यक रहेको बताए ।