एमबाप्पे र मेस्सी बिना खेलेको पीएसजी मोनाकोसँग स्तब्ध

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी मोनाकोसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा मोनाकोले पिएसजीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

मोनाकोको जितमा विसाम बेन यडरले दुई गोल गरेका थिए भने अलेक्सान्डर गोलोभिनले एक गोल गरेका थिए । त्यस्तै पिएसजीका लागि वारेन जैरे एमेरीले एक गोल फर्काएका थिए । पिएसजीको यस खेलमा लियोनेल मेस्सी, किलीयन एमबाप्पेलगायतका खेलाडी खेलेका थिएनन् ।

च्याम्पियन्स लिग अन्तर्गत राउण्ड १६ को पहिलो लिगको खेलमा बायर्नविरुद्धको खेल अघि पिएसजीले लगातार दुई खेलमा हार बेहोरेको छ । पिएसजीले यस अघि फ्रेन्च कप अन्तर्गत मार्सेलीसँग हर बेहोरेको थियो ।

यो फ्रेन्च लिग वानमा भने पिएसजीको तेस्रो हार हो । पिएसजीको लिगमा २३ खेलमा १७ जित, ३ बराबरी र ३ हारसहित ५४ अंक छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । मोनाको यो जितपछि २३ खेलमा ४७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *