उच्चस्तरी संयन्त्रको बैठक : सत्ता साझेदार दलबीच सहकार्य बलियो बनाउने सहमति
मकालु खबर
२०७९ माघ २९ गते
काठमाडौँ । सत्ता साझेदार दलहरु संम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले साझेदार दलहरुबीचको सहकार्यलाई अझ बजबुट बनाउने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै यास्तो जानकारी दिएका हुन् । उनले भने– ‘आगामी दिनमा अझ मजबुत ढंगले यो सहकार्यलाई अगाडि बढाएर लैजाने भन्ने सहमति भएको छ र अब नियमित रुपमा यस प्रकारको भेटघाटलाई निरन्तरता दिने सहमति भएको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने विषयमा पनि बैठकमा छलफल भएको र उपयुक्त समयमा रास्वाप सरकारमा आउने समेत उनले बताए ।
त्यस्तै राष्ट्रपतिको विाषयमा साझेदार दलबीच कुनै विवाद नरहेको समेत उनले बताए ।
मकालु खबर
२०७९ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित