रघुजी पन्तले भने– गल्ती सरकारको हो, राष्ट्रपतिलाई किन गाली ?

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति सवारीका क्रममा सवारी सुरक्षाको व्यवस्थापन सरकारले गरेकोले त्यसक्रममा घटेको घटनालाई लिएर राष्ट्रपतिलाई गाली गर्नु नहुने बताएका छन् ।

उनले जुन राष्ट्रपति भए पनि वा भिआईपीलाई पनि सरकारले नै सुरक्षा दिने भएकोले सवारीलाई सरल बनाउन आग्रह गरेका छन् । संसदको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘राष्ट्रपतिको सवारीलाई लिएर रामवरण यादवको पालामा पनि विवाद भएको थियो,’ उनले भने, ‘हामीले उतिबेलैदेखि यसलाई सरल र सहज बनाउनु भनेका हौँ । शुक्रबार राष्ट्रपति निस्किँदा एम्बुलेन्स पनि जाममा पर्यो। सर्वसाधारणले दुस्ख पाए। सरकारले गल्ती गर्दा राष्ट्रपतिले गाली खाने ? यसलाई सरलीकृत गरौँ भन्दा सरकार किन तयार हुँदैन ? यो विषयलाई गम्भीरतापूर्वक लिऔँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *