काम नगर्ने र गर्न नदिने तत्त्व सरकार ढाल्ने षड्यन्त्रमा छन् : ओली
मकालु खबर
२०७९ माघ २९ गते
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
आइतबार झापाको गौरादह ४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले एमाले फेरी सरकारमा आएको र त्यही सरकारलाई ढाल्ने अनेक प्रकारका षडयन्त्र भइरहेको बताएका हुन् ।
देशमा काम गर्न नगर्ने र अरुलाई पनि गर्न नदिने तत्त्व सक्रिय रहेको उनले बताए । ओलीले देशलाई माया गर्ने, देशका समस्या समाधान गर्ने शक्तिहरु पनि रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे ।
उनले एमाले सदैव विकासको पक्षमा रहेको र एमाले सरकारकै पालमा विकासका धेरै कामहरु भएको बताए ।
मकालु खबर
२०७९ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित