तोसिमा भन्छिन्– सरकारमा छँदा हामीले ‘एक्स्ट्रा’ सुविधा लिएनौँ
मकालु खबर
२०७९ फागुन १ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आफूहरु सरकारमा जाँदा थप(एक्स्ट्रा) सुविधा नलिएको बताएकी छन् ।
सामाजिक सञ्जालमा आफूले गरेको कामबारे लामो स्टाटस लेख्दै उनले यस्तो जानकारी दिएकी हुन् । कार्कीले आफूले भिआईपी प्रोटोकोल सुधार्नु पर्ने आवाज उठाउँदा विभिन्न आरोप आफूमाथि लगाइएको भन्दै त्यसको स्पष्टीकरणस्वरुप लामो स्टाटस लेखेकी छन् ।
यस्तो छ तोसिमाको स्पष्टीकरण–
आरोप आइरहेको छ, VIP protocol सुधार्ने कुरा त गर्नुभयो तर आफु पदमा हुँदा तपाईले पनि त्यहि गर्नुभयो होला । के के गर्नुभयो ?
स्पष्ट पार्न चाहन्छौँ :
हामी राज्यमन्त्री हुँदा पदवाहलि भएकै दिन देखि हामीले कुनै पनि extra सेवा सुविधा लिएनौँ ।
१) PSO एक जना साथमा हुनुहुन्थ्यो| उहाँलाई पनि राती बिदा दिन्थ्यौँ ।
२) APF छ जना, security को लागि भनेर दिईने रैछ । हामीले एक जना पनि सुरुकै दिन देखि लिएनौँ ।
३) बस्ने quarter दिने/ नत्र घर भाँडा भनि दिईने रैछ । हामीले त्यो पनि लिएनौँ ।
४) झण्डात्तोलन गर्न र सुरक्षाकर्मी बस्ने ठाउँ बनाउन अनि घरको लागि भनि केहि पैसा (७५०००- डेड लाख जति) दिईने रहेछ । हामी अफिसकै काममा यति व्यस्त भयौ कि झन्ण्डात्तोलन गर्ने समय नै पाएनौँ । त्यसैले त्यो खर्च पनि लिएनौँ ।
६) औपचारीक कामका सवारीको लागि गाडि दिइएको । प्रयोग गर्यौँ । बिदाको दिन चाहिँ निजी कामहरुमा जाँदा त्यो गाडि प्रयोग गरेनौँ ।
८) हामीले हाम्रो सवारी चालकलाई ईमर्जेन्सी नपरी हाम्रो गाडिले कहिँ पनि VIP भनि लेन मिच्ने, ट्राफिक नियम मिच्ने नगरौँ भनेका थियौँ । अरु सरह हामी जाममा समेत कुर्ने गर्थ्यौँ ।
७) आफ्नो कार्यकाल सुरु हुँदा कार्यकक्षमा फर्निचरहरु फेर्ने/फेराउने परिपाटी सुनियो । हामीले जे जस्तो थियो त्यहि ठिक छ भनि खर्च गराएनौँ| कार्यलयको कामको लागि केहि डायरि र स्टेस्नरीका सामान भने उपयोग गरेका थियौँ| कत्ति पनि बेरुजु खर्च नजाओस् भनि हाम्रो सचिवालयलाई निर्देशन दिएका थियौँ ।
८) सचिवालयमा निजि स्वकिय, उपस्वकिय, प्रसासन अधिकृत,२ जना का.स, दुई जना ड्राईभर गरी ७ जना नियुक्ति गर्न मिल्ने व्यवस्थामा हाम्रो ललितपुर क्षेत्र न:३ का हाम्रा मतदाता साथी भाई हरुले विना नियुक्ति नै १९ दिन भलुन्टियर काम गरिदिनुभयो| तसर्थ सो खर्च पनि हामीले गरिदिएनौँ| उहाँहरुलाई विशेष धन्यवाद ।
९) हामी पदमा रहेको १९ दिनमा ३ दिन बिदा परेकोमा हामी बिदाको दिन पनि कार्यकक्ष गई नितिगत फाइल अध्ययन तथा निजी सचिवालय चलायमान राख्यौँ र दिनहुव जसो राती ८-९ बजे सम्म कार्यकक्षमा हुने गरेका थियौँ| देशभरिका एम्बुलेन्स सेवालाई एकिकृत गर्ने योजना, आधारभुत अस्पतालको उत्थान, तिन तहकै स्वास्थ्य संस्थामा न्युनतम सेवा मापदण्ड, दरबन्दी र समायोजनको विषय र समाधान, स्वास्थ्य विमा बारे छलफल, नर्सिङ र आयुर्वेदका समस्या आदि बारे समाधान खोज्दै थियौँ केहि प्रकृया अगाडि पनि बडायौँ ।
१०) छोटो सुरुवाती समय निति नियमहरु अध्ययन, समस्याबारे बुझ्ने साथै, केहि महत्वपुर्ण निर्णयहरु गर्यौँ । कार्यसुचि सहित अस्पतालहरु अनुगमन भ्रमणको योजना बनाउँदै थियौँ तर कहिँ भ्रमण सुरु गरेका थिएनौँ त्यसैले सो खर्च पनि गरेनौँ| हामीले राज्यलाई आर्थिक भार नथप्ने तर सकेसम्म धेरै डेलिभरि दिने बारे केन्द्रित रह्यौँ| तर विभिन्न परिस्थितीले धेरै त गर्न सकेनौँ ।
११) समग्रमा राज्यमन्त्रीको हैसियतमा मन्त्रालयमा निभाउनुपर्ने अभिभावकको भुमिका इमान्दारीताका साथ निभाउने कोशिस गर्यौँ । साथै मन्त्रिज्यु सँग दैनिक रुपमा भेट्ने, विषयगत र नितीगत छलफल गर्ने गर्थ्यौँ । एकदमै काम गर्न सजिलो, मिजासिलो र जुझारू मन्त्रीज्यु सँगको काम कारवाहीको तादम्यता सुमधुर रह्यो| (स्मृति तस्वीर मन्त्रीज्यु सँग)
१२) मन्त्रालयका सम्पूर्ण कर्मचारीहरु एकदम जुझारु, बिदाको दिन र ओभर टाईम समयमा पनि खट्नुभएको देखेँ । केहि समस्या केहि गुनासाहरु थिए जुन मिलेर सामाधान गर्ने/गराउने वाचा राखेका थियौँ| तर कार्यकाल निकै छोटो रह्यो ।
अन्त्यमा, स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयाका माननीय मन्त्रीज्यु, सचिवज्युहरु, माहासाखा प्रमुखज्युहरु, साखा प्रमुखज्युहरु, विभाग तथा परिषद प्रमुखहरु, लगायत सम्पुर्ण कर्मचारिहरुलाई १९ दिने मेरो राज्यमन्त्रीको छोटो कार्यकाल पनि सम्झन लायक बनाईदिनुभएकोमा धन्यवाद दिन चाहन्छु । साथै बाहिरै रहेर पनि स्वास्थ्य सम्बन्धिका नितिगत कामहरुमा एक सांसदको हैसियतले खेल्न सकिने भुमिकामा सदा तत्पर रहने प्रतिवद्दता समेत राख्दछु| अन्तमा फेरी पनि सम्झन चाहन्छु ललितपुर ३ का मेरा भगवान रुपि मतदाताहरुलाई जसको साथ र आशिर्वादले मलाई याहाँ सम्म पुर्यायो । धन्यवाद सबैमा ।
जय घण्टी
मकालु खबर
२०७९ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित