गगनलाई पनि मन परेन जनयुद्ध दिवसको बिदा, लेखे– आज फेरि बिदा !

काठमाडौँ । सरकारले आज फागुन १ गते दिएको जनयुद्ध दिवसको सार्वजनिक बिदाप्रति नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असहमति व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो असहमति व्यक्त गरका हुने ।

कहिले लहडमा केहीले भावावेशमा र कहिले सत्ता जोडघटाउ मिलाउन सार्वजनिक बिदा दिने गरेको भन्दै उनले यस्ता बिदा रोक्न दबाब दिन पनि आह्वान गरेका छन् ।

उनले लेखेका छन्– ‘सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिऊँ। यसका लागि नेपाली काँग्रेसले पहलकदमी लिनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *