यातायात व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौँ । यातायात मजदुर र व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । सरकार र यातायात मजदुर व्यवसायीका नेताहरूबीच बिहान सिंहदरबारमा भएको वातापछि आन्दोलन स्थगित गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरुसँग वार्ता भएको थियो ।

वार्तामा भौतिक सचिव केशवकुमार शर्मा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिम ज्वाला राई, प्रगतिशील यातायात मजदुर संगठनका अध्यक्ष राजेन्द्र शर्मा, स्वरोजगार यातायात मजदुर संगठनका अध्यक्ष खड्क बहादुर गिरी, एकीकृत यातायात संगठनका अध्यक्ष रवि केसी, यातायात विभागका महानिर्देशक तुलसि नाथ गौतम, मिरा चौधरी, यातायात व्यवसायीक महासंघका महासचिव देवनाथ गौतमलगायतको सहभागीतामा छलफल भएको थियो ।

ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित उनीहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकारीले सोमबार बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नुका साथै केही पसलमा लुटपाटसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *