सिमरा सेजमा निर्माणाधीन हलको छत भत्किँदा २ घाइते

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र(सेज)मा निर्माण भइरहेको प्रदर्शनी हलको छत भत्किँदा २ जना धाइते भएका छन् । घाइते हुनेमा मोरङको सुनबारी नगरपालिका– ६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे घाइते भएका छन् । उनीहरुको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको छ ।

हालै ढलान गरिएको झण्डै ९ करोड लागतको प्रदर्शनी हलको छत भत्किएको हो ।

प्रहरीले उक्त भवन निर्माण कार्यका ठेकेदार कम्पनी इटहरीका ४५ वर्षीय प्रदीप बदगाईलाई पक्राउ गरेको छ ।

पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको टेकोमा समस्या आएर भत्किएको सेजका इन्जिनियरले बतएका छन् । तर, ठेकेदारको लापरवाहीले भवन भत्किएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *