चल्न थाले सार्वजनिक बस

काठमाडौँ । सार्वजनिक बस चल्न थालेका छन् । यातायात मजदुर र सरकारबीच सहमति भएपछि सार्वजनिक बस चल्न थालेका हुन् ।

सरकार र यातायात मजदुर व्यवसायीका नेताहरूबीच बिहान सिंहदरबारमा भएको वार्ता भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरूसँग वार्ता भएको थियो ।

वार्तामा भौतिक सचिव केशवकुमार शर्मा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राई, प्रगतिशील यातायात मजदुर संगठनका अध्यक्ष राजेन्द्र शर्मा, स्वरोजगार यातायात मजदुर संगठनका अध्यक्ष खड्का बहादुर गिरी, एकीकृत यातायात संगठनका अध्यक्ष रवि केसी, यातायात विभागका महानिर्देशक तुलसी नाथ गौतम, मिरा चौधरी, यातायात व्यवसायी महासंघका महासचिव देवनाथ गौतमलगायतको सहभागितामा छलफल भएको थियो ।

ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित उनीहरू आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकारीले सोमबार बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नुका साथै केही पसलमा लुटपाटसमेत गरेका छन् ।

सोमबार नयाँ बसपार्कमा भएको यातायात मजदुरहरूको आन्दोलनको क्रममा ल्होत्से मलको मोबाइल पसल फुटाई लुटपाट गरिएको र त्यसमा ८ करोड क्षति भएको दाबी गरिएको छ ।

याे पनि 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *