आन्दोलन नियन्त्रण गर्न नसकेको भन्दै बालाजुका डीएसपीलाई फिर्ता बोलाइयो
मकालु खबर
२०७९ फागुन २ गते
काठमाडौँ । यातायात मजदुरको आन्दोलनका क्रममा भएको झडप तथा तोडफोड नियनत्रण गर्न नसकेको भन्दै प्रहरी वृत्ति बालाजुका प्रमुख रविन विष्टलाई फिर्ता बोलाइएको छ ।
उक्त ठाउँमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले त्यहाँ डीएसपी मनोजित कुँवरलाई जिम्मेवारी पठाएको छ ।
यातायात मजदुरको आन्दोलनको क्रममा सोमबार साँझ त्यहाँ प्रहरीका २ वटा गाडीमा आगजनी भएको थियो । त्यस्तै, नयाँ बसपार्कको ल्होत्से मलमा तोडफोड हुँदा मोबाइल पसलमा करोडौँको क्षति पुगेको व्यवसायीले दाबी गरेका छन् ।
मकालु खबर
२०७९ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित