हरेक परीक्षामा अनेरास्ववियुका विद्यार्थी फर्स्ट हुनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक परीक्षामा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थी प्रथम, द्वितीय, तृतीय हुनुपर्ने बताएका छन् ।

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अनेरास्ववियुको विद्यार्थीले पढाइमा अनुशासनमा समेत उत्कृष्टता प्रदर्शन गर्नुपर्ने उनले बताए ।

‘हरके परीक्षामा अनेरास्ववियुको विद्यार्थी फर्स्ट हुनुपर्छ,’ उनले भने, ‘सेकेन्ट, थर्ड हुनुपर्छ । विद्यार्थीको काम पढ्ने हो । अनेरास्ववियुको विद्यार्थीले पढ्नुपर्छ । उज्ज्वल भविष्य निर्माण गर्नुपर्छ । आन्दोलनकै क्रममा पनि पढ्न सकिन्छ । मैले पढेँ । त्यसैगरी पढ्नुपर्छ । सडकमा, गाडीमा, बसमा र जतासुकै हिँड्दा अनेरास्वविका विद्यार्थी शिक्षित छन् । अनुशासित छन् भन्ने सन्देश दिन सक्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *