एक दिवसीय खेलमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने रोहित
मकालु खबर
२०७९ फागुन २ गते
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले एक दिवसीय क्रिकेट खेलमा १ हजार रन पूरा गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको नामिवियाविरुद्धको खेलामा ५५ रन बनाएपछि रोहित एक दिवसीय खेलमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।
रोहितले २६ ओभरको पहिलो बलमा चौका हानेर एक दिवसीय क्रिकेटमा १ हजार रन पूरा गरेका हुन् । सन् २०१८ मा नेदरल्याण्डसँगको खेलबाट राष्ट्रिय टिममा उनले खेल्न सुरु गरेका थिए ।
हालसम्म उनले खेलेका एक दिवसीय खेलामा ५ अर्धशतक र १ शतक हानेका छन् । एक दिवसीयका ३३ खेलबाट रोहितले यो उपलब्धी प्राप्त गरेका हुन् ।
मकालु खबर
२०७९ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित