एक दिवसीय क्रिकेट : नामिबियामाथि नेपालकाे पहिलाे जित

काठमाडौँ । नामिबियालाई हराउँदै नेपाल एकदिवसीय क्रिकेट खेलको विजेता बनेको छ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज नेपालले नामिबियालाई हराएको हो ।

त्रिवि क्रिकेट मैदानमा मंगलबारभएकाे खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेकाे हाे । एक दिवसिय क्रिकेट खेलमा पहिलाे पटक नेपालले नामिबियालाई हराएकाे हाे ।

पहिले व्याटिङ गरेको नामिबियाले दिएको २८६ रनकाे लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेटको क्षतिमा २८७ रन बनाएर पूरा गर्याे ।

नेपालका लागि कुशल भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय रनको शतकीय ईनिङ खेले । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक पनि हो ।

कप्तान रोहित पौडेलले ७६ बलमा ७२ रन बनाए । रोहितले ७ चौका र ३ छक्का प्रहार गरेका थिए ।

सन्दीप जोराले २४ बलमा २८ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा २५ बनाए । करण केसीले १२ बलमा २० रनमा बनाए । सन्दीप लामिछाने गोल्डेन डग आउट भए ।

रुवेल ट्रम्पेलम्यान र जान निकोलले समान ३३ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाका लागि मिचेल भानले १ सय ३७ बलमा १ सय ३३ रनको शतकीय ईनिङ खेलेका थिए । उनले ९ चौका र ५ छक्का प्रहार गरेका थिए ।

कप्तान ग्रेर्हाड इरास्मसले ७९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । जान ग्रिनले ३४ रन बनाएका थिए ।

नेपालका लागि करण केसीले १० ओभरमा ६१ रन खर्चिएर ५ विकेट लिए । करणको यो एकदिवसीय अन्तराष्ट्रियमा तेस्रो ५ विकेट हो । एकदिवसीय अन्तराष्ट्रियमा तीन पाँच विकेट लिने करण पहिलो नेपाली खेलाडी हुन् ।

सन्दीप लामिछानेले ६६ रन खर्चिएर ३ विकेट लिए । छ महिनापछि लामिछाने मैदानमा फर्किएका हुन् । त्यस्तै, साेमपाल कामी र कुशल मल्लले समान १/१ विकेट लिए ।

याे सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौँ स्थानमा रहेको छ । नामिबिया ३१ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *