सांसद चन्द्रकान्त भण्डारीको प्रश्न– विश्वले कृत्रिम सूर्य बनाइसक्यो, तर हामी कहाँ छौँ ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले विश्व विज्ञान र प्रविधिको विकासमा निकै अघि बढिसकेको भए पनि नेपाल निकै पछाडि परेको बताएका छन् । प्रतिनिधि सभा सदंसदमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘देशको माछो छोएर बोल्नुपर्ने अवस्था छ । विश्वले कृत्रिम सूर्य बनाइसक्यो तर हामी कहाँ छौँ ?,’ उनले भने, ‘अहिले पनि हामी छाना, दाना र नानाका लागि रोइरहेका छौँ । प्राकृतिक स्रोत सम्पदाले सम्पन्न नेपालमा हामीले आफ्ना सम्पदाको समुचित प्रयोग नै गर्न सकेका छैनौँ । हाम्रो पानी भारत पुग्दा पवित्र गंगा जल बन्दो रहेछ । हाम्रो कालिगण्डकीको ढुंगा भारत पुग्दा पवित्र शालिग्राम बन्दो रहेछ । हामीकहाँ किन बन्दैन । सब थोक भएर पनि हामी आज के भइरहेका छौँ । शिक्षा दुई किसिमको छ । हुनेले लिने शिक्षा र नहुनेले लिने शिक्षा किन छ । डाक्टर, इन्जिनियरको भर्नाका लागि विज्ञापन खोलिँदैन । जनताले सर्वसुलभ रुपमा औषधि गर्न सक्दैनन् । दिल्लीका मुख्यमन्त्री केजरीवालले दिल्लीमै निशुल्क औषधि उपचारका लागि ७ वटा अस्पताल बनाउँदै छौँ । हामीले भएका अस्पताल पनि राम्ररी सञ्चालन गर्न सकेका छौँ । मेडिकल माफिया मात्रै मौलाएका छन् ।

उनले चौतर्फी रुपमा समस्या रहेको बताएका छन् ।

‘कृषिमा समस्या छ, किसानले मल र विउविजन पाएका छैनन्,’ उनले भने, ‘हामी जनताका प्रतिनिधि भन्छौँ । तर, जनताको काम गर्दैनौँ । माफियाका लागि काम गर्छौँ । हामी ठूला ठूला पूर्वाधारहरु विमानस्थल बनाउँछौँ । बनाउने कुरा गर्छौं । ऋण लिएर बनाएको विभानस्थल पनि भारतले रुट नदिँदा चल्न सकेको छैन । सार्वजनिक ऋणको भारी बढेको छ । तर, आम नागरिक हिँड्ने सानो पुल बनाउँदैनौँ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *