नेपालका सडक बधशाला होइन, जीवनशाला बनाऔँ : योगेश भट्टराई
मकालु खबर
२०७९ फागुन ३ गते
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालका सडकलाई बधशाला नबनाई जीवनशाला बनाउनु पर्ने बताएका छन् । सडकको दूरावश्था, सवारीको कमजोर अवस्था, सवारी चालक लाइसेन्सको स्वतन्त्र जाँचको अवस्था कमजोर हुँदा नेपालमा सडक दुर्घटना बढेको भन्दै उनले यस्तो बताएका हुन् । प्रतिनिधि सभा संसदमा बोल्दै उनले नेपालका सडकको अवस्था सुधार गर्न सडक, सवारी र लाइन्सेन्स जाँच्ने अलग्गै नियामक निकाय हुनुपर्ने बताए ।
सडक विभागले सडक बनाउने र सडकको गुणस्तर पनि विभागले नै जाँच्ने प्रवृत्तिले समस्या मौलाएको उनले बताए । यातायात व्यवस्था विभागले नै यातायातको अवस्था र लाइसेन्सको अवश्था जाँच गर्ने भएकोले यो विषय विश्वको कहीँ पनि नदेखिएको उनले बताए ।
मकालु खबर
२०७९ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित