साम्बाले ९० मिनेटपछि दुई गोल गर्दा हारबाट जोगियो नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँगको मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ । बुधबार राति भारतको चेन्नईमा सम्पन्न खेलमा नेपाल र भारत २-२ गोलको बराबरी खेलेका हुन् ।

खेलको अन्तिम समयमा दुई मिनेटको अन्तरमा फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले दुई गोल गरेपछि नेपाल हारबाट बचेको थियो । सावित्राले खेलको ९० मिनेटमा पेनाल्टीबाट गोल गरेकी थिइन् भने खेलको ९२औं मिनेटमा दोस्रो गोल गर्दै खेल बराबरी गरेकी थिइन् ।

यसअघि भारतका लागि सौम्या गुगुलोथले खेलको ५६औं मिनेटमा र खेलको ६८औ मिनेटमा इन्दुमथीले गोल गरेका थिइन । अब नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल फेब्रुअरी १८ मा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *