ग्यास सिलिन्डर पड्किँदा चन्द्र भण्डारी र उनकी आमा घाइते, कीर्तिपुरमा उपचार हुँदै

काठमाडौँ । खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारी घाइते भएका छन् । बुद्धनगरस्थित निवासमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किँदा भण्डारीसहित उनकी आमा घाइते भएकी हुन् ।

दुवै जनालाई तत्कालै उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो । अस्पतालका डाक्टरहरूका अनुसार डा. भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राति नै कीर्तिपुरस्थित बर्न सेन्टरमा पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ‘ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते नेपाली काँग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ वर्षीया माताको कीर्तिपुरको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालबाट भर्खर फर्किएको छु । ममतामयी माता र आदरणीय चन्द्र´दाइ दुवैको शीघ्र स्वास्थलाभका लागि भगवानसँग प्रार्थना गर्दछु’​ कांग्रेस महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ।

बुधवार मात्र भण्डारीले प्रतिनिधि सभाको विशेष समयमा माफियाले देश समाप्त पार्न लागे भन्दै जनताको पक्षमा बोलेका थिए । भण्डारी गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *