चन्द्र भण्डारीको सचिवालयले भन्यो- आइसियुमा उपचार भइरहेका आमाछोराको नयाँ अपडेट छैन

काठमाडौँ । खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारी घाइते भएका छन् । बुद्धनगरस्थित निवासमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किँदा भण्डारीसहित उनकी आमा घाइते भएकी हुन् ।

दुवै जनालाई तत्कालै उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो । अस्पतालका डाक्टरहरूका अनुसार डा. भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको छ ।

यसैबीच चन्द्र भण्डारीको सचिवालयले आमाछोरा स्वास्थ्यवस्थाबारे अस्पताल स्रोतबाट कुनै नयाँ अपडेट नआएको बताएको छ । ‘अहिले माननीय डा. चन्द्र भण्डारी र माता हरिकला भण्डारीको आइसियुमा चेकजाँच एवं उपचारको काम भइरहेको छ। अस्पताल श्रोतबाट थप नयाँ अपडेट केही आएको छैन,’ स्वकीय सचिव भुवन भुसालले भनेका छन्, ‘८ बजे पछाडि विज्ञ डाक्टरहरूको चेकजाँच र थप परामर्शमा अन्य कुरा थाहा हुनेछ ।’

यो पनि : ग्यास सिलिन्डर पड्किँदा चन्द्र भण्डारी र उनकी आमा घाइते, कीर्तिपुरमा उपचार हुँदै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *