चन्द्र भण्डारी आमाछोराको अवस्था जटिल, चिकित्सकले गरे देशबाहिर लैजान सिफारिस

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको सिलिन्डर पड्किँदा घाइते कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारी अवस्था जटिल बनेको छ । कीर्तिपुर अस्पतालले बिहान विज्ञप्ति जारी गर्दै अवस्था जटिल बनेको जनाएको हो ।

भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन् अस्पतालमा लैजान चिकित्सकहरूले सिफारिस गरेका छन् । ‘हालको स्रोत र साधनको अवस्थामा उहाँहरूको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो पनि : ग्यास सिलिन्डर पड्किँदा चन्द्र भण्डारी र उनकी आमा घाइते, कीर्तिपुरमा उपचार हुँदै

काठमाडौँ बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते थिए । सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशत भाग जलेको डाक्टरहरूले बताएका छन् । दुवै जनाको स्वासनलीमा तातो हावा र धुवाँका कारण जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको अस्पतालको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *