थोक्लिम्बाकाे नाम परिवर्तन गरेर ‘थकेपुङ’ राख्ने फालेलुङकाे निर्णय
मकालु खबर
२०७९ फागुन ४ गते
विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिकाले गाउँपालिका भएको स्थानको नाम परिवर्तन गरेको जनाएको छ । गाउँ कार्यपालिका कार्यालय रहेको थोक्लिम्बालाई थकेपुङ नामकरण गरेको हो ।
फालेलुङ गाउँपालिका, गाउँ कार्यपालिकाको माघ २२ गतेको बैठकको निर्णय अनुसार गाउँपालिकाको कार्यालय स्थानलाई थकेपुङ नामकरण गर्ने निर्णय अनुसार राजपत्र प्रकाशित गरेको छ । यस अघि थोक्लिम्बा भनी नामकरण गरिएकोमा अब उप्रान्त कार्यालय रहेको क्षेत्रको पुरानो एवं ऐतिहासिक रूपमा बोलिचाली र लेखिने गरेको नाम थकेपुङलाई नै कायम गरिएको राजपत्रमा उल्लेख गरिएका छ ।
गाउँपालिकाले सबै सरकारी कागजातहरू एवं प्रशासनिक कामकाज तथा चिन्हमा समेत थकेपुङ शब्द नै प्रयोग गरी प्रचलनमा ल्याइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए ।
मकालु खबर
२०७९ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित