अस्पताल पुगेर सभापति देउवाले गरे चन्द्र भण्डारीको स्वास्थ्य लाभको कामना

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बुधबार राति ग्यास सिलिण्डर पड्किएर भण्डारीको दुवै हात र गोडा गरी २५/३० प्रतिशत जलेको अस्पतालले जनाएको छ । सभापति देउवाले नेता भण्डारीको स्वास्थ्य लाभको कामना गरे ।

यसैबीच सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगी उहाँहरुको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । अस्तपालले हाल उपलब्ध साधन र स्रोतको अवस्थामा भण्डारीको यथोचित उपचार स्वदेशमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *