सांसद भण्डारीलाई मुम्बई लाने टोलीमा सँगै रहनेछन् ६ जना चिकित्सक

काठमाडौँ । खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीलाई थप उपकारका लागि मुम्बई लाने टोलीमा ६ जना चिकित्सक सँगै जाने भएका छन् ।

भण्डारीलाई कीर्तिपुर बर्न अस्पतालबाट भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लान लागिएको हो । सुविधासम्पन्न अस्पतालमा लगेर भण्डारीको थप उपचार गर्न भारत लान लागिएको हो ।

टोलीमा नर्भिक अस्पतालका ३ जना डाक्टर र ३ जना पारामेडिक्स समावेश हुने स्वास्थ्य तथा जनसंख्या मत्री पदम गिरीको सचिवालयले जनाएको छ । क्रिटिकल केयर प्रमुख डा. प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा।वृहस्पति र फ्लाइट डाक्टर डा।रोशन शर्मा रहेका छन् भने तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।

श्री एयरलाइन्सको विशेष उडानबाट उनलाई बिहीबार दिउँसो थप उपचारका लागि मुम्बई लान लागिएको हो । भण्डारीलाई कीर्तिपुर अस्पतालबाट एम्बुलेन्सको क्रिटिकल केयरमा राखेर विमानस्थलसम्म पुर्याउन लागिएको हो ।

स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।

बुद्धनगरस्थित घरमा बुधबार राती आगलागीमा परी भण्डारी घाइते भएका हुन् । उक्त घटनामा घाइते भएकी भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *