चन्द्र भण्डारीलाई एम्बुलेन्समा राखेर विमानस्थल लगिँदै
मकालु खबर
२०७९ फागुन ४ गते
काठमाडौँ । खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजान त्रिभुवन विमानस्थल लगिँदै छ । उनलाई कीर्तिपुर बर्न अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल लगिँदैन छ ।
श्री एयरलाइन्सको विशेष उडानबाट उनलाई भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लान लागिएको हो । उनको साथमा नर्भिक अस्पतालका ६ जना चिकित्सकको टोली सँगै रहने छन् ।
मकालु खबर
२०७९ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित