पाशुपत क्षेत्रमा महाशिवरात्रीको रौनक (तस्बिरहरु)

काठमाडौँ । भाेलि (शनिबार) परेकाे महाशिवरात्रीका लागि हजारौँको संख्यामा साधु सन्तहरु पाशुपत क्षेत्रमा आउने क्रम जारी छ । यसपर्षको महाशिवरात्रीमा कम्तीमा ५ हजार साधुसन्त पशुपतिनाथ मन्दिरमा आउने अनुमान गरिएको छ ।

खास गरी भारतबाट साधुसन्त बढी आउने गर्दछन् । अहिले पशुपति आएका साधुसन्त कैलास, श्लेष्मान्तक वन र राममन्दिर क्षेत्रमा बढी रहेका छन् । साधुसन्तलाई भोजन र धुनी जगाउन दाउराको व्यवस्था पनि गरिएको छ ।

यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । कोषका अनुसार भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएका छन् । शिवरात्रीको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

तस्बिरहरु :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *