सांसद भण्डारीको दुई वटा खुट्टाको अप्रेशन सफल, स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका कांग्रेस सांसद डा. चन्द्र भण्डारीको दुवै खुट्टाको अप्रेशन सफलतापूर्वक सम्पन्न भएको छ ।

मुम्बईको नेशनल बर्न्स सेन्टरमा उनको उपचार भइरहेको छ । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र दोस्रो अप्रेसनको विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *