प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्ट्जको सेवा नेपालमा

काठमाडौँ। विदेशमा ट्राभल एण्ड टुर्समार्फत ख्याती प्राप्त हर्ट्जले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । यसका लागि कम्पनीले नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स लिमिटेडलाई आधिकारिक प्रतिनिधि नियुक्त गरेको छ ।

ट्राभल एण्ड टुरको प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले नेपालीलाई विदेशका विभिन्न गन्तव्यमा भ्रमण गराउन सहकार्य गर्दै आएको छ । यसले मलेसियन एयरलाइन्स, रेल युरोप र सीडब्लूटीसँग सहकार्य गरेको छ । यस सहकार्यपछि हर्ट्ज, थ्री फिफ्टी, डलर र एस लगायतका ब्राण्डहरुसँग पनि सहकार्य गर्ने ट्राभल एण्ड टुर्स कम्पनीले बताएको छ । साझेदारीपछि प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले प्रदान गर्दै आएको सुविधा अब हर्ट्जले नेपाली लाई  प्रदान गर्ने भएको छ । यो सुविधाअनुसार नेपालीले गाडी भाडामा लिएर भ्रमणको मज्जा लिन सक्नेछन् ।

हर्ट्जका एसिया प्रशान्त उपाध्यक्ष इयोन म्याकनिलले अन्तर्राष्ट्रिय हवाई यातायात संघको मान्यता प्राप्त प्रेसिडेन्ट ट्राभल एण्ड टुर्ससँगको सहकार्यले यस क्षेत्रमा भरपर्दो सेवा र व्यवसाय विस्तारमा सहयोग पुग्ने बताएका छन् । यसैगरी प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक भोलाविक्रम थापाले हर्ट्जसँगको साझेदारीले नयाँ अवसर प्रदान गरेको र यसलाई कार्यान्वयन गर्न आफूहरू तयार भएको बताए ।

उनले भने ‘हर्ट्जको प्रतिनिधि भएर काम गर्न पाउँदा उत्साहित छौँ, हामीलाई एक प्रतिष्ठित र प्रसिद्ध कम्पनीसँग काम गर्ने अवसर प्राप्त भएको छ । हामी उत्कृष्ट सेवा प्रदान गर्न तथा हर्ट्जसँग सफल साझेदारीको निर्माण गर्न कटिबद्ध छौँ, नेपाली बजारमा हर्ट्जको सेवा उपलब्ध हुँदा यात्रुहरूले सुविधा त पाउने नै छन् साथै छनोटको विकल्प पनि खुला हुने छ ।’

प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले हर्ट्जलाई दक्षिण एसियाली क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्न र लगानी बढाउन मद्दत गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *