संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक फिर्ता

काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक फिर्ता लिएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले उक्त विधिक फिर्ता लिएको हो ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७९ असार २२ गेत संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो । उक्त विधेयकमा अध्यक्ष र तत्काल बहाल रहेको कम्तिमा ५० प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्ने व्यवस्था गरिएको थियो । उक्त व्यवस्थाको चर्को विरोध भएको थियो ।

त्यही अध्यादेशअनुसार ६ सदस्यीय संवैधानिक परिषद्का ३ जना मात्र उपस्थित भएर संवैधानिक निकायहरुमा नियुक्त गर्ने कार्य सुरु भएपछि विवाद चर्किएको थियो ।

यसअघिकाे सरकारले उक्त विधेयक फिर्ता लिएकाे थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *