ओलीसँग भेटेपछि प्रचण्डले भने– हामी एकै ठाउँमा छौँ, राष्ट्रपतिबारे केही दिनमा टुंगोमा पुग्छौँ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकै ठाउँमा रहेको बताएका छन् । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ओली निवास बालकोटमै भेटवार्ता गरेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ओली निवासबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
झण्डै साढे दुई घण्टा लामो छलफलमा अहिलेकै गठबन्धनलाई अघि बढाउनेबारे कुरा भएको प्रचण्डले बताएका छन् ।
छलफलमा के सहमति भयो भनेर सञ्चारकर्मीले सोधको प्रश्नमा प्रचण्डले भने– ‘हामी एकै ठाउँमा छौँ नि । के सहमति भयो भनेर सोधिरहनै परेन । एकै ठाउँमा भएपछि निष्कर्ष के चाहिन्छ र ? राष्ट्रपतिबारेमा एक दुई दिनमै कुरो मिलिहाल्छ । हामी सत्ता गठबन्धनमै रहेकाले अरु कुरा भनिरहनै परेन ।’
स्रोतका अनुसार भेटमा राष्ट्रपतिबारे १० पुसकै सहमतिअनुसार अघि बढ्नुपर्ने ओलीले बताएका थिए । तर, प्रचण्डले यसबारे निर्णयमा पुग्न केही दिन मागेको बाताइएको छ ।