नामिबियाद्वारा नेपाललाई २७५ रनको लक्ष्य
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई २ सय ७५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाउदै २ रन ७४ रन बनाएको थियो ।
नामिबियाका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । भने,पीकीं या फ्रान्सले ४९ रन बनाए ।
लोहार्ड लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५१५ रन बनाए ।
यता, नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यसका साथै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । भने, करण केसीले १ विकेट लिए ।
गत मंगलबार भएको खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो । यस सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।