बराबरीमा रोकिँदा म्यानचेस्टर सिटीलाई धक्का

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी नोट्टीङघम फरेस्टसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी र नोट्टीङघम फरेस्ट १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

म्यानचेस्टर सिटीका लागि खेलको ४१औं मिनेटमा बेर्नानडो सिल्भाले गोल गरेका थिए भने खेलको ८४औं मिनेटमा नोट्टीङघम फरेस्टका क्रिस वूडले गोल गर्दै खेल बराबरी गरेका थिए । खेलमा इर्लिंग हल्याण्डले पाएको अवसर सदुयोग गर्न नसक्दा सिटी बराबरीमा रोकिनु परेको थियो ।

यो बराबरीपछि सिटीले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ भने उपाधिको होडमा धक्का लागेको छ । सिटीको २४ खेलमा ५२ अंक भएको छ भने आर्सनल २३ खेलमा ५४ अंकसहित शिर्ष स्थानमा रहेको छ । नोट्टीङघमको २३ खेलमा २५ अंक रहेको छ र लिगमा १३औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *