टुँडिखेलमा मनाइयो ७३ औँ प्रजातन्त्र दिवस (तस्बिरहरू)
२०७९ फागुन ७ गते
काठमाडौँ । टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७३ औँ प्रजातन्त्र दिवस मनाइएको छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, मन्त्रीहरू, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।
समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ ब्यानर अंकित हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।
२०७९ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित