मेस्सीले फ्रिकिकमा गोल गर्दा पीएसजी विजयी
मकालु खबर
२०७९ फागुन ८ गते
काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिलमाथि ४-३ गोलको संघर्षपूर्ण जित निकालेको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पेले दुई तथा नेयमार र लियोनेल मेस्सीले एक एक गोल गरे। लिलका लागि बाफोडे डियाकिटे, जोनाथन डेभिड र जोनाथन बाम्बाले एक एक गोल गरे।
दुई गोलको अग्रता बनाएको पीएसजी २–३ ले पछि पर्न पुगेको थियो । तर, खेलको अन्त्यमा उत्कृष्ट पुनरागमन गर्दै टोली ४–३ गोलले विजयी बन्यो । खेलमा ब्राजिलियन फरवार्ड नेयमार भने घाइते भएका छन् । घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए ।
जितसँगै पीएसजीले २४ खेलमा ५७ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । लिल ४१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
मकालु खबर
२०७९ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित