बोरामा महिलाको शव फेला, हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान

विराटनगर । मोरङमा एक महिलाको शव फेला परेको छ । बुढीगंगा गाउँपालिकामा बोरामा महिलाको शव फेला परेको हो ।

बुढीगंगा गाउँपालिका–२ अमाहीमा विराटनगर महानगरपालिका–१९ की २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी टीकाबहादुर कार्कीले बताए ।

प्लास्टिकको बोराभित्र पोको पारेर नरसिंह चौधरीको ग्वालीमा शव फेला परेको कार्कीले बताए । शरीरका विभिन्न भागमा चोट रहेकाले प्रियंकाको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । अन्यत्र हत्या गरेपछि बोरामा पोको पारी ल्याएर शव फ्यालेको हुनसक्ने डिएसपी कार्कीले जानकारी दिए ।

घटनामा संलग्न भएको आशंकामा मोरङको कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर–१९ का २९ वर्षीय रमेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *