शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार (तस्बिरहरू)

काठमाडौँ । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदाय तथा हिमाली जिल्लामा बसोबास गर्ने बौद्ध धर्मावलम्बीले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ ।

मुसाबाट सुरु हुने वर्षहरू बराह वर्षमा पुगेर सकिन्छ । आजदेखि बाघ वर्ष समाप्त भई खरायोको वर्ष सुरु भएको छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् ।

पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।

  • तस्बिर : बौद्धनाथ स्तुपा परिसरमा खिचिएका हुन्
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *