स्थानीय चुनावका उम्मेदवारको जरिवाना मिनाहाविरुद्ध सर्वोच्चमा रिट
मकालु खबर
२०७९ फागुन १० गते
काठमाडौँ । गत स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएका कारण आयोगले उम्मेदवारलाई लगाएको जरिवाना माफी मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दातयर भएको छ । अधिवक्ता लोकेन्द्र ओलीले सरकारको उक्त निर्णयविरुद्ध बुधबार रिट दायर गरेका हुन् ।
केही दिनअघि मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सवा लाखभन्दा बढी स्थानीय तहका उम्मेदवारलाई उक्त जरिबाना माफी मिनाहा गरेकी थिइन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।
उक्त रिट निवेदनको पेसी फागुन १२ गतेका लागि तोकिएको छ ।
मकालु खबर
२०७९ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित