स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा रिहा
मकालु खबर
२०७९ फागुन १० गते
काठमाडौँ । स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । बाराको सिम्रौनगढ ३ का मोहमद आदिल आलम, सप्तरीको राजविराजका महबुब आलम र पर्साको वीरगन्जका नितेश गुप्ता पक्राउ परेका थिए ।
उनीहरूलाई ३ लाख रुपैयाँका दरले धरौटी माग गरेर रिहा गर्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो । अब अदालतले माग गरेको धरौटी बुझाएर उनीहरू थुनामुक्त हुन पाउने छन् ।
सोही मुद्दामा काठमाडौँको कलंकीका नवीन कँडेल र सप्तरीको राजविराजका रवि माझी भने फरार छन् ।
गत पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टि २० लिगमा उनीहरूले स्पट फिक्सिङमा संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो ।
मकालु खबर
२०७९ फागुन १० गते
प्रतिक्रिया