प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन संसदमा पेश

काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ पेश संसद बैठकमा पेश भएको छ ।

बुधबार बसेको बैठकमा नियमावली मस्यौदा समितिका अध्यक्ष चित्रबहादुर केसीले सो प्रतिवेदन पेश गरेका हुन् । प्रतिनिधिसभाले बैठकको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि २१ सदस्य रहेको प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो । समितिलाई १५ दिनको समयवधि तोकिएको थियो ।

समितिले गत माघ ११ गते नियमावली मस्यौदालाई अगाडि बढाउने सम्बन्धमा अन्तरसंवाद गरेको थियो । समितिको पहिलो बैठक माघ १३ गते बसेको थियो ।

प्रतिनिधिसभा बैठकले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ माथि बिचार गरियोस भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *