केपी ओली कप फुटबल : पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

काठमाडौँ । काठमाडौँमा जारी केपी ओली कप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १–२ गोल अन्तरले हराउँदै सातदोबाटो युथ क्लब सेमिफाइनल प्रवेस गरेको छ ।

सातदोबाटोको तर्फबाट दीपकराज सिंह ठकुरीले दुई गोल गरे । पुलिसका प्रविन थापाले एक गोल फर्काए थिए ।

पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका ठकुरीले ७१ औँ मिनेटमा दोस्रो गोल गर्दै सातदोबाटोलाई सेमिफाइनलको स्थान सुरक्षित बनाइदिएका हुन् ।

पुलिसको लागी ४९ औँ मिनेटमा प्रविनले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका थिए ।

अब सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ ।

आर्मी र एनआरटीबीचको खेल भोलि (शुक्रबार) बिहान ११ बजे हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा संघले जनाएको छ ।

प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् ।

प्रत्येक खेलको विजेता टोलीलाई नगद २५ हजार दिइनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *