राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहन्छ : डा. महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने दावी गरेका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले राष्ट्रपति निर्वाचनका बिषयमा सवै दलहरुसंग सकारात्मक रुपमा छलफल भइरहेको र कांग्रेसको उम्मेदवारलाई सवैको समर्थन रहने दाबी गरेका हुन् ।

राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्दा सरकारमाथि कुनै समस्या आए त्यसपछि कांग्रेसले साथ दिने उनको भनाइ छ । प्रवक्ता महतले एकीकृत समाजवादीसंग लामो समय सहकार्य गरेको अवस्थामा कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे ।

यसअघि राष्ट्रपति पदको दुरुपयोग भएको अवस्थामा अव कांग्रेसका तर्फबाट नै राष्ट्रपति भए संविधानको रक्षा हुने उनको भनाइ छ ।

उहाले अरु बिषयमा समाजवादीसंग सहकार्य गर्दै आगामी दिनमा अवसर दिनका लागि कांग्रेस तयार रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *