बालुवाटार बैठकअघि नेपालले गरे ओलीसँग छलफल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शुक्रबार ओलीले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरे लगत्तै अध्यक्ष ओलीसँग नेता नेपालले भेटेका हुन् ।

नेपालले बालुवाटारमा जारी बैठकअघि नै अध्यक्ष ओलीलाई भेटेका हुन् । भेटमा ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेका छन् । यसअघि पनि ओलीले नेता नेपाललाई भेटेर राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए ।

संसदीय निर्वाचनअघिको ५ दलीय गठबन्धन ब्युँताउँदा नेता नेपाललाई १ वर्ष प्रधानमन्त्री दिने प्रस्ताव गठबन्धनका नेताहरुले गरेका छन् । तर, नेता नेपालले भने आफू राष्ट्रपति बन्ने चाहना राखेका छन् ।

राष्ट्रपति निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन फुटको संघारमा पुगेको बेलामा ओलीले नेपालसँग महाराजगञ्जमा भेटवार्ता गरेका हुन् । ओलीसँग भेटका लागि गएपछि नेपाल बालुवाटार बैठकमा अरु नेताभन्दा ढिलो गरी प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *