रामचन्द्र पौडेलले दिए राष्ट्रपतिमा उम्मेदवारी (तस्बिरसहित)

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता समेत रहेको रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेससहित ८ दलको साझा उम्मेदवारको रुपमा उनले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन–२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

पाैडेलकाे प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन् । समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

शनिबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियाे । त्यसअघि शुक्रबार बसेकाे ८ दलीय बैठकले कांग्रेसबाट राष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेकाे थियाे ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुनेछ । पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका पौडेल गत मंसिर ४ मा तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

तस्बिरहरू 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *