गण्डकीका स्वास्थ्य मन्त्री गुरुङले आइतबार राजीनामा दिने
मकालु खबर
२०७९ फागुन १३ गते
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले आइतबार राजीनामा दिने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रदेखि प्रदेशसम्म सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने निर्णय गरेसँगै गुरुङले मुख्यमन्त्रीलाई राजीनामा दिन लागेका हुन् ।
उनको राजीनामा र समर्थन फिर्तासँगै गण्डकीमा पनि सरकार अल्पमतमा परेको छ । एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सांसदको समर्थनबाट एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए ।
गुरुङले शनिबार नै राजीनामा दिने भने पनि काठमाडौँबाट आइपुग्न समय लागेका कारण आइतबार राजीनामा बुझाउने बताएका छन् ।
मकालु खबर
२०७९ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित