ओलम्पिक छनोट नेपालले आयोजना गर्ने

काठमाडौँ । सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सका लागि महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो चरणको छनोट खेल अप्रिल ३ देखि ११ तारिखसम्म नेपालमा आयोजना गर्न लागेको हो ।

 समूह ‘सी’ मा आयोजक नेपाल, भियतनाम र अफगानिस्तान रहेको छ । यसअघि समूहमा रहेको प्यालेस्टाइनले समूहबाट नाम फिर्ता लिएको छ । एसियाली फुटबल महासङ्घले प्रारम्भिक चरणमा सहभागी २६ टोलीलाई सात समूहमा विभाजन गरेको हो र समूहको शीर्ष टोली दोस्रो चरणका लागि छनोट हुनेछ ।

ओलम्पिक छनोटको तयारीका लागि नेपाली महिला फुटबल टोलीले हालै भारतमा दुई वटा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । चेन्नईमा भएको दुवै खेल बराबरीमा सकिएको थियो ।

नेपालमा हुने खेलहरु दशरथ रंगशालामा हुनेछ । नेपालले पहिलोपल्ट महिला फुटबलको ओलम्पिक छनोट आयोजना गर्ने अवसर पाएको हो । यसअघि नेपालले दुई पटक दक्षिण एसियाली स्तरको साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *