पल शाहको मुद्दामा सुनुवाइ सकियो, आजै फैसला आउने
मकालु खबर
२०७९ फागुन १४ गते
पोखरा । पल शाहको मुद्दामा उच्च अदालत पोखरामा सुनुवाइ सकिएको छ । बालयौन दुरुपयोगमा नवलपुर जिल्ला अदालतले उनलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो । शाहले अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन मुद्दा दर्ता गरेका हुन् ।
उनको मुद्दामा न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ भएको हो । नाबालिग गायिकामाथि जबर्जस्ती करणीको मुद्दामा तनहुँले भने सफाइ दिएको छ ।
नवलपुर अदालतले पनि जवरजस्ती करणीमा सफाइ दियो । तर बाल यौन दुराचारमा सजाएँ सुनाएको हो हो । उनलाई साढे दुई वर्ष जेल र २५ हजार रुपैयाँ जरिवाना तथा १० लाख क्षतिपूर्ति सजाएँ सुनाएको थियो ।
मकालु खबर
२०७९ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित