सिसिटिभी फुटेजमा देखिए मन्दिरको मूर्ति र गहना चोर
मकालु खबर
२०७९ फागुन १४ गते
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित राजदेवी मन्दिरबाट पाँचौँ पटक चाँदीको मूर्ति र गरगहना चोरी भएको छ ।
शनिवार राति मन्दिरबाट राजदेवी माताको मूर्ति, थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान चोरी भएको हो । हतियारसहित आएका ८र१० जना चोरले मन्दिर तोडफोड गर्नुका साथै मूर्ति र गरगहना चोरी गरेर लगेको पुजारी धिरज यादवले जानकारी दिए ।
उनका अनुसार चोरहरूले मन्दिरमा जडित सिसिटिभी क्यामेराको तार समेत काटेका छन् । तर उनीहरू मुख छोपेर आएको र मन्दिरको मूलढोका फोडेर मूर्ति र गरगहना चोरी गरेको दृश्य सिसिटिभी क्यामेरामा कैद छ ।
मन्दिरबाट यसअघि चार पटक मूर्ति चोरी भइसकेको पुजारी यादवले बताए । उनले गुनासो गरे- ‘पटक पटक चोरी हुँदा पनि प्रहरीले एकजना चोरलाई पनि पक्राउ गर्न सकेका छैन ।’
मकालु खबर
२०७९ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित