आठ दलीय गठबन्धनको बैठक बालुवाटारमा, एलिजा गौतम पनि सहभागी
काठमाडौँ । आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलको बैठक बालुवाटारमा सुरु भएको हो ।
आठ दलीय गठबन्धनको बैठकमा पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम पनि सहभागी भएकी छिन् । उनी केही दिन अघि मात्र नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन् ।
राष्ट्रपति निर्वाचनका लागि गठबन्धन गरेका आठ दलबीच सत्तामा पनि सहकार्य गर्ने तयारी छ ।
हालको गठबन्धनलाई छाड्दै प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले गत शुक्रबार नेपाली कांग्रेससहितको दललाई साथमा लिएर नयाँ गठबन्धन बनाएका थिए ।
शुक्रबार नै बालुवाटारमा बसेको गठबन्धन बैठकमा उनले एमालेले सत्ता छाड्ने बताउँदै अब कांग्रेससहितका दलहरू सत्तामा आउनुपर्ने बताएका थिए ।
आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनकामा आठ दलका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ बीच प्रतिस्पर्धा हुदैछ ।