सुर्खेत पुगेर नेपालले भने : आँट हुनेले राजनीतिको कोर्स चेन्ज गर्छन्
सुर्खेत । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आँट हुनेले राजनीतिको कोर्स नै चेन्ज गर्ने बताएका छन् । विभिन्न समयमा राजनीतिक परिवर्तनमा सहभागी भएर राजनीतिको कोर्स बदलेको बताउँदै उनले आट भएपछि राजनीतिको कोर्स नै बदल्न सकिने र समाजवादी पार्टीसँग त्यो आँट भएको बताएका हुन् ।
पार्टीको प्रशिक्षण कार्यक्रमको लागि सुर्खेत आएका अध्यक्ष नेपालले सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै लुछाचुँडी नभएको पनि बताए । उनले भने, ‘राष्ट्रपतिमा लुछाचुँडी भएको छैन । अबको राष्ट्रपति रामचन्द्र पौडेल नै बन्नुहुन्छ । हामीले एउटै बैठकबाट सहमतिमै ठ्याकै उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाएका हौँ ।’
यस्तै उनले नेकपा एस पार्टीलाई कसैले पनि माइनस र मिनिमाइज गर्न नसक्ने बताउँदै विचार र मन मिल्ने पार्टीसँग पार्टी एकता गर्ने पक्षमा रहेको उनले भने । साथै एमालेले राष्ट्रपतिमा प्रस्ताव गरेको हो रु भन्ने पत्रकारको प्रश्नमा भने उनले बोल्न चाहेनन् ।