यू–१९ क्रिकेट : हङकङविरुद्ध नेपालले पायो १२१ रनको लक्ष्य

काठमाडौँ । युएईमा जारी यू–१९ क्रिकेट विश्वकप एसिया छनोट खेलमा हङकङसँगको खेल जित्न नेपालले १२१ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको हङकङलाई नेपालले ४६.३ ओभरमा १२० रनमा अल आउट गरेको हो । युएईको मलेक क्रिकेट मैदान अज्मानमा जारी खेलमा
हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । उनले ९३ बलमा ४ चौका प्रहार गरे । मोहम्मद अलियान जाहिरले ६७ बलमा २९ रन बनाए ।

हङकङका लागि पाँचौँ विकेटका लागि भागवत र जाहिरले ४७ रनको साझेदारी गरेका थिए । खेलमा आहन त्रिवेदी ११ रनमा रनआउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि बलिङ गर्दै हेमन्त धामीले ९ ओभर बलिङ गर्दै ३ मेडनसहित १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।

स्पिनर सुवास भण्डारीले १० ओभर बलिङ गर्दै ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । अर्का स्पिनर दिपेश कँडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए । आकाश चन्दले ८.३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *